Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ च्याम्पियनसिपको लागि भुटानी टिम नेपालमा


    बिहिबार, भाद्र ९ २०७९
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। २१ भदौदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं प्रस्थान गरेका छन् । 

    काठमाडौँको दशरथ रंगशालामा हुने यस फुटबल प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको स्रोतले जनाएको छ । 

    बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरेका छन् ।

    यस प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार