Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल इन्स्योरेन्सको साढे २१ लाख सेयर आजबाट बिक्री 


    बुधबार, भाद्र ८ २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीले साढे २१ लाख बढी कित्ता सेयर आजबाट बिक्री  गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

    यस लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । 

    बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । 

    बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरू बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार