Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • आइतबार भेटिए २४६ नयाँ संक्रमित


    आइतबार, साउन १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार देशभर २ सय ४६ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ८ हजार ८ सय ६१ वटा पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ। काठमाडौं उपत्यकाका ३१ जना संक्रमित भेटिएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ६ सय ३ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । 

    यस्तै आजसम्म कुल १० हजार ९ सय ३४ जना क्‍वारेन्टिनमा रहेका छन् । यस्तै आइतबार वीरगञ्जमा एक संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार