Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?


    मंगलबार, भाद्र ७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो । 

    सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० ले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार