पोखरा । आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत साउन २ देखि ८ सम्म काठमाडौं बसेर फर्किएका थिए । उनलाई काठमाडौंमा नै कोरोना लागेको हो कि पहिल्यै लागेको भन्ने खुलेको छैन ।
उनी कार्यालयमा बिदा लिएर काठमाडौं आएका थिए । काठमाडौं बसाइमा उनले परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग भेटघाट गरेको समेत बताइएको छ । उनको ट्रेसिङ गर्ने काम भइरहेको जनाइएको छ ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।