काठमाडौँ । पर्सामा बिल विजक भन्दा बढी लत्ताकपडा र खुद्रा सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका,६ माईस्थान चोक स्थित सडकखण्डबाट प्रहरीले आज उक्त ट्रक समातेको हो ।
प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले ना.६ ख ४३४५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक भन्दा बढी लत्ताकपडा र खुद्रा सामान बोकेको फेला पारेको हो ।
उक्त ट्रकबाट ५४ लाख ५ पाँच ६३८ मुल्य पर्ने विभिन्न किसिमका लत्ताकपडा र खुद्रा सामान बरामद गरिएको छ । बरामद सामानसहित ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले बताएको छ ।