Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगमा प्रचण्ड र बाबुराम, संयुक्त दल दर्ता गर्ने


    मंगलबार, साउन ३१ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(माओवादी) केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोगमा जाँदैछन् ।

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई दिउँसो संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

    दुवै पार्टीले संयुक्तरुपमा चुनावमा जाने निर्णय यसअघि नै गरिसकेका छन् । आयोगले दुई वा दुई भन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ ।

    आयोगले दिएको समयसीमाभित्रै आज दाहाल र भट्टराई आयोगमा जान लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार