Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिरामी बोक्ने  एम्बुलेन्समा गाँजा ओसारपसार 


    मंगलबार, साउन ३१ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिराहाको लहान नगरपालिका,१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजासहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनगढीमाई नगरपालिका ९ मुसरनिया बस्ने २९ वर्षीय सरोज लामा हुन् । प्रहरीका अनुसार एम्बुलेन्समा सवार अर्का एक जना फरार छन् । 

    गएराति सवारीसाधन जाँच गर्ने क्रममा उक्त एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार  एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा पाँच वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ फेला परेको हो । पक्राउ परेका लामामाथि थप अनुसन्धान भईरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार