Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् मिस यूनिभर्स नेपाल’ मा प्रतिस्पर्धा गर्ने २० सुन्दरी


    सोमबार, साउन ३० २०७९
    585
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं ।  मिस यूनिभर्स नेपालका लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । मिस यूनिभर्स  यहि अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको हो । 
     यी हुन् ‘मिस यूनिभर्स नेपाल’मा प्रतिस्पर्धा गर्ने  २० युवतीहरु 
     विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

    उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् ।

     विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

    निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगीतामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाहरूले समेत सहभागिता जनाउन पाउने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार