Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिजनल भिसामा बेलायत पठाउने भन्दै १५ लाख ठगी 


    आइतबार, साउन २९ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बेलायत पठाउने प्रलोभन देखाएर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना समातिएका छन् । काठमाडौँको सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राईलाई ठगी आरोपमा प्रहरीले आज पक्राउ गरेको हो । 

    पीडित पाँच जनालाई सिजनल भिसामा बेलायत पाठाउने भन्दै उनले प्रति व्यक्ति नौँ लाख रुपैयाँ लिने गरेको बताइन्छ । ती युवकले पीडितलाई बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको प्रहरीले बताएको छ । 

    बेलायतमा मासिक चार लाख रुपैयाँसम्म तलव हुने बताउँदै उनले पीडितबाट प्रति व्यक्ति तीन लाख लिएर १५ लाख ठगी गरेका हुन् । उनीहरुबाट उक्त रकम लिई सम्पर्कबिहीन भएका राईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिनामङ्गलबाट नियन्त्रणमा लिएको हो । 

    पक्राउ परेका उनलाई थप कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार