वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण डढेलोसरी फैलिएको बीरगंजमा १० दिनमा दसै जनाको मृत्यु भइसकेको छ ।
आज मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला हुने् । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन १४ गते अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १० बजे उनको मृत्यु भएको थियो । शुक्रबार राति आएको उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । सुगर रोगी ती महिलामा निमोनिया र हाइपर टेन्सन रहेको अस्पतालले जानकारी दिएको छ ।