Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुँडिखेल बिक्री गर्ने भेटवाललाई अदालतको उन्मुक्ति 


    बिहिबार, चैत्र ६ २०७६
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक तथा काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई उच्च अदालत पाटनले उन्मुक्ति दिएको छ ।

    पुरानो बसपार्कमा १२ तलाको बहुउद्देश्यिय भ्यू टावर बनाउने ठेक्का पाए पनि बनाउन नसकेका भेटवाललाई उच्च अदालत पाटनले मंगलबार धरौटीमा रिहा गरेर उन्मुक्ति दिएको हो ।

    चन्द्रमान तामाङलाई तिर्नुपर्ने ७५ लाख १० हजार रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनले जम्मा ३७ लाख धरौटी तोकेर भेटवाललाई उन्मुक्ति दिएको हो ।

    चेक बाउन्स मुद्दामा फरार रहेको भेटवालले फागुन २८ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । भेटवालबाट ठगीमा परेका एक पीडितले भने–‘ठग भेटवाल दर्जनौं व्यक्तिको करोडौं रुपैयाँ तिर्न बाँकी छन् ।’

    भेटवाल चेक बाउन्सको मुद्दा लिएर प्रहरीकहाँ पुग्ने पीडितहरुलाई ‘म जेल गएँ भने झन तपाईहरुको पैसा आउँदैन । बरु म बाहिर भएँ भने हिसाब मिलाउँला नि । किन मुद्दा हालेर दुःख दिनुहुन्छ’ भन्दै इमोसनल ब्यालेमेल गरेर फरार हुँदै आएका थिए ।

    सरकारले समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही गर्ने जनाए पनि ठेकेदार भेटवाल भने कारबाहीबाट उम्किदै आएका छन् । त्यसमाथि पनि ठगीको आरोपमा पक्राउ परेका भेटवाललाई अदालतले उन्मुक्ति दिएपछि पीडितहरु झन पीडित बन्न सक्ने देखिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार