बेनी । लगातारको बर्षाले देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका समाचार आइरहेका छन् । यसैक्रममा म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा ३ जना बेपत्ता भएका छन् ।
स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको छ । गोठे बिकका छोरा राजन र नवीनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिएका छन् ।