काठमाडौं । पोखरामा दुई दिनसम्म चलेको ‘मेट्रो मेयर मिट’ले महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेको छ । मेयरहरूको बैठकपछि आइतबार ७ बुँदे संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै संघीय संसद्बाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको छ । घोषणा पत्रको पहिलो बुँदामै महानगरका लागि संघीय छुट्टै ऐन जारी गर्न अनुरोध गर्ने उल्लेख छ ।
‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझै घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउँन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं,’ पोखरा घोषणापत्रमा उल्लेख छ ।
सार्वजनीक खरिद ऐनदेखि धेरै काम गर्नका लागि स्थानीय तह एक्लैले गर्न नसक्ने भएका कारण महानगर आफैले गर्ने कामका लागि छुट्टै ऐनको माग गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले १० लाख जनसंख्या भएको महानगर र ५ सय भन्दा कम जनसंख्या भएको गाउँपालिकाको एउटै ऐन नियम भएकाले त्यो न्यायोचित नभएको भन्दै आफूले यस्तो माग गरेको सुनाए ।
यस्तै प्राकृतिक, साँस्कृतिक एवं सामाजिक मौलिकतामा रहेका समस्या सम्भावनालाई सम्बोधन र सम्मान गर्दै महानगरहरूबीच पारस्परिक सम्पर्क सञ्जाल प्रर्वद्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्ने प्रण पनि मेयरहरूले गरेका छन् ।
महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजना गर्ने, हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्ने पनि संयुक्त घोषणा पत्रमा उल्लेख छ ।
महानगरका छिमेकी पालिकाहरूसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरूसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ ।
संयुक्त घोषणा पत्रमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ललितपुरका चिरिबाबु महर्जन, भरतपुरका रेणु दाहाल, वीरगञ्जका राजेशमान सिंह विराटनगरका नागेश कोइराला र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।
आगामी मेयर सम्मेलन भरतपुरमा हुने तय भएको छ । यो भन्दाअघि ललितपुरमा हुने भनिएको सम्मेलन भरतपुरले माग गरेपछि सारिएको हो । पोखराका मेयर आचार्यले भरतपुरकी मेयर रेणु दाहाललाई मेट्रो मेयर मिटको झण्डा हस्तान्तरण गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend