Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमण रोक्न पर्यटन मन्त्रालयको १३ बुँदे निर्देशन


    बिहिबार, चैत्र ६ २०७६
    685
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने सन्दर्भमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालय र मातहत निकायका विभागीय प्रमुख एवं प्रतिनिधिहरु समेतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णयहरुको कार्यान्वयनका लागि सबै निकायलाई निर्देशन दिएको छ । 

    १.    यस मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत मसान्तसम्म बन्द गर्ने ।
    २.    साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्त सम्म कुनै कार्यक्रम आयोजना नगर्ने । पूर्व निर्धारित कार्यक्रमहरु समेत स्थगन गर्ने ।
    ३.    विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने । त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी–तीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने व्यवस्था मिलाउने । साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने । सबै तीर्थालुहरुलाई अनिवार्य माक्स लगाउन सूचित गर्ने । यस्ता स्थलहरुमा निश्चित अन्तरालमा सरसफाइ एवम् Disinfection गर्ने गराउने ।
    ४.    पर्यटक सवारी साधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्ने नगराउने । त्यस्ता सवारी साधन चलाउनु अघि सवारी साधनलाई Disinfection गर्ने व्यवस्था मिलाउने । यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने ।
    ५.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई ज्भबतिज म्भअबिचबतष्यल ँयचm  अनिवार्य  भर्न लगाई स्वास्थ्य जाँच Health Declaration Form गर्ने गराउने । सोको अनुगमन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धकले गर्ने । साथै, आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने ।

    ६.    यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रक सबै मुलुकहरु एवं टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुहरुलाई २०७६ चैत ७ गते नेपाली समयको मध्यरातदेखि २०७६ चैत्र ३० गतेसम्म आगमनमा प्रतिवन्ध लगाइएको व्यहोराको जानकारी नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी समेतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले गराउने ।

    ७.    नेपाल सरकारद्वारा निश्चित अवधि तोकी ट्राभल एडभाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैंले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने र सो को नियमित अनुगमन गर्ने ।

    ८.    नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम), नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संचालन गरिरहेका पठनपाठन २०७६ चैत मसान्तसम्म बन्द गर्ने ।

    ९.    मन्त्रालय र अन्तर्गत निकायबाट संचालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने ।

    १०.    पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने । साथै, हात सफा गर्ने स्यानिटाइजर लगायतका सफाइका सामाग्रीहरुको प्रवन्ध गरी कार्यस्थल, शौचालय आदि स्थान र टेबुल कुर्सी, बार(रेलिङ्गमा नियमित रुपमा Disinfection गर्ने व्यवस्था मिलाउने । यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नाथम र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने । यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नाथम, एनएमए, पर्यटक प्रहरी सहितको समन्वयमा स्वयंसेवक परिचालन गर्ने ।

    ११.    मन्त्रालय र अन्तर्गत निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउने ।

    १२.    विदेशबाट आएका स्वदेशी तथा विदेशी यात्रुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय, अध्यागमन विभाग समेतको समन्वयमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आवश्यक कार्य गर्ने ।

    १३.    विदेशबाट नेपाल आउने पर्यटकलाई सेल्फ क्वारेन्टाइन अवधिपछि मात्र ट्राभल ट्रेकिङ्ग अनुमति प्रदान गर्ने । सो सम्बन्धी व्यवस्थाको जानकारी पर्यटकले विमानस्थलमै र सम्वन्धित निकायहरुको वेवसाइटबाट पाउने व्यवस्था मिलाउने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार