Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्रीको भेट, निर्वाचन मितिको बारेमा छलफल 


    शुक्रबार, साउन १३ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री बालकृष्ण खाँणले भेटेका छन् । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

    दाहाल र खाँणबीच संसदबाट पारित नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ ।

    पछिल्ला दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् । त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री खाँणले आज भेटेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार