Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रालयले भन्यो ‘भिजिट भिसा’ लिएर रोजगारीका लागि विदेश नजानू


    बुधबार, साउन ११ २०७९
    1000
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले भ्रमण भिसामा बाहिर गएर रोजगारी गर्ने सोचमा बिदेश नजान सर्बसाधारणमा अनुरोध गरेको छ । 

    पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको र गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।

    त्यसरी जाँदा समस्यामा परी अलपत्र पर्ने क्रम बढेको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    यसरी गैरकानुनी रुपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ ।

    गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरि बाहिर जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृतलगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । यस्तो छ आज गृहमन्त्रालयले निकालेको विज्ञप्ति

    girya.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार