Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसईईको रिजल्ट आज दिउँसो २ बजे प्रकाशित गर्ने तयारी


    बुधबार, साउन ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा बोर्डले एसईईको परीक्षाफल आज प्रकाशित गर्ने भएको छ ।  बोर्डले आज बुधबार दिउँसो  २ बजे परीक्षाफल प्रकाशित गर्ने भएकोे हो । परीक्षा बोर्डले गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

    लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

    बैठकमा पुरानै पाठ्यक्रम र कोभिडको कारण लामोे समय विद्यालय बन्द भएको र छोटो समय मात्र पठनपाठन भएको अवस्थामा २०७८ को कार्यविधि लागु गर्न अनुपयुक्त हुने तर्क आएपछि गत वर्षकै आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको थियो । वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार