Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली भाषामै इम्बोस्ड नम्बर राख्ने तयारी


    बुधबार, साउन ११ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लागु गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ । इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो ।

    नेपाली मौलिकता झल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयलाई लिखित पत्र पठाएको छ । कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्मा लैजाने कानुन बाटो खुल्ने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताएका छन् ।नम्बरप्लेट देवनागरी वा अंग्रेजी र देवनागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको बताउँदै उनले यसका लागि यसअघि इम्बोस्ड नम्बर प्लेटको ठेक्का पाएको कम्पनी डेकाटोर टाइगरसँग पनि कुराकानी हुने बताए ।

    नेपालले भने– ‘सकेसम्म हामीले थप आर्थिक भार नपर्ने गरी ठेकेदार कम्पनीलाई आग्रह गर्ने पक्षमा छौं, कम्पनीले मान्यो भने तत्काल कार्यान्वयनमा ल्याउँछौं ।’सरकारी कामकाजको भाषा देवनागरी लिपि भएकाले नम्बरप्लेटमा नेपाली अक्षर हुनुपर्ने भन्दै अधिवक्ता भरतकुमार बस्नेतले फागुन २०७४ मा रिट दर्ता गराउनुभएको थियो । रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै नम्बरप्लेट जडान कार्य रोकेको थियो । उक्त मुद्दामा रिट खारेज गरेपछि १० साउन ०७७ बाट पुनः इम्बोस्ड नम्बर प्लेट वितरणको काम अघि बढेको थियो ।

    २५ लाख सवारीसाधनमा जडान गर्ने मुख्य उद्देश्यको साथ शुरू भएको इम्बोस्ड नम्बरप्लेट पाँच वर्षको अवधिमा करिब ३० हजारको संख्यामा जडान भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले सर्वोच्च अदालतमा परेको मुद्दा र कोभिडको कारण अपेक्षाकृत रूपमा इम्बोस्ड नम्बर प्लेट जडानको काम हुन नसकेको बताए । सरकारले २०७३ वैशाखमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न भन्दै यातायात व्यवस्था विभागले अमेरिकी र बङ्गलादेशी संयुक्त कम्पनी डेकाटुर टाइगरसँग सम्झौता गरेको थियो । आजको समाचारपत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार