Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ


    मंगलबार, साउन १० २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिद्धबाबालाई बलात्कारी भनेपछि प्रहरीले रोशनी शाहीलाई पक्राउ गरेको छ। सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो।

    पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा पुगेकी शाहीले सोमबार सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन्। सिद्धबाबाविरुद्ध बलात्कार आरोपमा चलेको मुद्दा अहिले पनि सुनसरी जिल्ला अदालतमा विचाराधीन छ।

    शाही पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन्। उक्त मुद्दामा महराले सफाई पाइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार