Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रको बीओपीका इन्चार्ज र तस्करको साँठगाँठमा तस्करी


    मंगलबार, साउन १० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीरगंज । सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको वीरगंज भन्सारदेखि ग्रामीण भेगका नाकाहरुबाट खुल्लम खुल्ला रुपले तस्करी भइरहेको छ ।
     नेपालका मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सारदेखि ग्रामीण भेगका नाकाहरुवाट सिमानाकाको सुरक्षाको लागि स्थापन गरेको बिओपीहरुका बिओपी इन्चार्जहरुले  तस्कर समूहहरूसँग रकमको प्रलोभनमा परी जिम्मेवारीबाट पन्छिनुको कारणले गर्दा भारतवाट नेपाल र नेपालबाट भारततर्फ अवैध मालसामानहरु लैजाने र ल्याउने गरेको स्रोतले जनाएको छ ।

    पर्साको वीरगंज भन्सार, छपकैया नाका, ड्राइपोर्ट, अमरपट्टि नाका, प्रसौनी नाका, सबैठवा नाका भिस्वानाका, मिर्जापुर नाका, स्वर्णपुर नाका र ठोरी लगायत रहेका सीमानाकाहरुमा रहेका बिओपी इन्चार्जहरुको मिलोमतोमा दिनहुँ करोडौं रुपैयाँको राजस्व छली गरी भारतवाट नेपाल र नेपालवाट भारततर्फ अवैध सामानहरु भित्र्याइरहेका छन् ।

    सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि पर्सामा रहेका बिओपीका इन्चार्जहरुले केही दिनमा उनीहरूको सरुवा हुने भएकाले आफ्नो हाकिमको निर्देशनविपरीत विभिन्न नाकाहरु ठुलो मात्रामा इन्चार्जहरुले तस्करीको लाइन दिएको एक सशस्त्र प्रहरीका अधिकारीले बताएका छन् ।
    यसैगरी सशस्त्र प्रहरी हेडक्वाटरले वीरगंज भन्सार, छपकैया, ड्राईपोर्ट, प्रसौनी, भिस्वा र भिखमपुरका लगायतका बिओपी प्रमुखहरुलाई फिर्ता बोलाई उक्त बिओपीहरुमा नयाँ प्रमुखलाई पठाएको छ ।

    नयाँ आएका  बिओपी प्रमुखहरुले  केही दिन सिमानाकाहरुमा देखावटीको लागि कडाई गरी तस्कर समूहलाई तर्साई अहिले मोटो रकम नजराना तस्करीको लाइन सुचारु गराएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार