दमौली । सोमबार रातिदेखि परेको अबिरल बर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिरोले गर्दा उक्त सडक दुई तर्फी रूपमा अवरुद्ध भएको छ । प्रशासनको सक्रियतामा स्काभेटर प्रयोग गरी अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने कार्यमा प्रहरी लागिरहेको जनाइएको छ ।