Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘एमसीसीका मतियार मुर्दावाद’ भन्दै एक युवाद्धारा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाको बिरोध


    सोमबार, साउन ९ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् ।

    भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् ।

    नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार