Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीको तार काठमाडौंसंग जोडियो, तिनकुनेको कल सेन्टरमा प्रहरीको छापा


    सोमबार, साउन ९ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित एक कल सेन्टरमा छापामारी १५० जनालाई पक्राउ गरेको प्रहरीले आज काठमाडौंको तिनकुने स्थित एक कल सेन्टरमा छापा मारेको छ ।

    कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उक्त कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जनाएका छन् ।

    कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको र छापामारीको काम जारी रहेको हुँदा सबै विवरण नआएका उनले बताएका छन् ।

    प्रारम्भिक अनुसंधानमा उक्त सेन्टर चनियाँले व्यक्तिले चलाएको र कल सेन्टरबाट सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्ने काम भएको बोहराले जनाए ।

    यसैबिच हिजोमात्रै रूपन्देहीको तिलोत्तमाबाट पक्राउ परेकाहरुको सुचनाको आधारमा काठमाडौंको कल सेन्टरमा छापा मापरएको हुनसक्ने बताइएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार