काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस भइरहेको बताएका छन्। पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस युनियनको महाधिवेशन उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रभित्र कम्युनिस्ट एकता भन्नेहरु छन्। एकीकृत समाजवादीभित्र पनि त्यस्तै भनिरहेका छन्। अन्तर्राष्ट्रिय शक्तिले पनि नेपाली कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस गरिरहेका छन्। यो प्रजातान्त्रिक आन्दोलन कमजोर पार्ने कोसिस हो।’
उनले सहमति, सहकार्य र एकताको बाटो बीपी कोइरालकै भएकाले त्यही मूल बाटोमा कांग्रेसलाई हिँडाइरहेको जिकिर गरे। आफ्नै पार्टीका गठबन्धनविरोधी नेताहरुतर्फ इंगित गर्दै उनले थपे, ‘कम्युनिस्टसँग मिल्न हुँदैन भनेर मानिसहरुले प्रचार गर्छन्। बीपीले एकता भनेको नेपालको राष्ट्रियता बलियो बनाउन एकता हो, नेपाल सुदृढ गर्न एकता भनिएको हो। नेपालका राष्ट्रिय शक्ति एक भए भने स्थिरता कायम रहन्छ। त्यसैले गठबन्धन गरिरहेका छौं।’
गठबन्धनको खिलापमा प्रचार भइएरहेको बताउँदै उनले आजको आवश्यकता नै यही (गठबन्धन) रहेको दाबी गरे। उनले स्थिरता, शुसासन, सामाजिक न्याय र विश्वासका लागि गठबन्धन जरुरी भएको दोहोर्याए। कम्युनिस्टले देश चलाउन नसक्ने उल्लेख गर्दै पौडेलले गठबन्धन कम्तीमा चुनावसम्म आवश्यकता रहेको बताए।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend