Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता विधेयक आजै पारित हुने, संशोधनमाथिको छलफल हाउसमै


    शुक्रबार, साउन ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। सरकारले नागरिकता ऐन संशोधन विधेयक आज बस्ने संसदको बैठकबाटै पारित गराउने तयारी गरेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ । 

    संसद सचिवालयका अधिकारीहरूले विधेयकमाथि परेका संसोधन बारे हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने कुराको निर्धारण गर्ने अधिकार संसदलाई हुने गरेको छ । सरकार र सत्तारुढ गठबन्धनले विधेयक पारित गर्ने आन्तरिक सहमति गरिसकेको हुनाले त्यसलाई संसदमै छलफलगरी पारित गर्ने तयारी गरिएको हो ।

    सामान्यतया विधेयकहरु माथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ । यसरी समितिमा पठाएर छलफल गर्दा समय बढि लाग्ने भएरकोले हाउसमै छलफल गरेर पारित गर्ने तयारी सरकारको छ ।

    संसदको सम्भावित कार्यसूचीअनुसार आज प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

    नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार