काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले एसपीपीबारे सरकार स्पष्ट नभएको र अलमलमा पारेको भन्दै संसदलाई जानकारी दिन निर्देशन दिन सभामुखसँग आग्रह गरेसँगै सभामुख सापकोटाले उक्त निर्देशन दिएका हुन् ।
यसअघि एमालेका सांसद डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको नेपाल सदस्य कुनै पनि हालतमा बन्न नसक्ने भन्दै तत्काल अमेरिकालाई पत्र लेख्न माग गरेका थिए ।
रावलले गत असार ५ गते नै सरकारले एपीपीको नेपाल सदस्य बन्न नसक्ने भनी मन्त्रिपरिषदले निर्णय गरेर परराष्ट्र मन्त्रालयलाई पत्र लेख्न भने पनि अहिलेसम्म पत्र नलेखिएको भन्दै तत्काल पत्र लेखेर संसदलाई जानकारी दिन निर्देशन दिन पनि सभामुखलाई अनुरोध गरेका थिए ।
उनले मन्त्रिपरिषदले निर्णय गरिसकेको विषयलाई परराष्ट्र मन्त्रालयले अल्झाएर राख्नुको कारणबारे शंका व्यक्त गर्दै कतै यसमा प्रधानमन्त्री शेरबहादुर देउवाकै भूमिका त छैन ? भनी प्रश्न गरेका थिए ।
डा. रावलले सरकारले गरेको निर्णयको ३२ दिन भइसक्दा पनि पत्र नपठाउनु पछाडि पक्कै पनि कुनै षड्यन्त्र रहेकोसमेत आरोप लगाएका छन् ।
परराष्ट्र मन्त्रालयले भने पत्रको अध्ययन गरिरहेको जिकिर गरिरहेको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend