Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले धौलीगंगा बाँध खोल्न लागेपछि दार्चुलामा त्रास, सतर्क रहन प्रशासनको आग्रह


    बिहिबार, असार ३० २०७९
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । भारतले पिथौरागढस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोल्ने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले बाँध खोलिने जनाकारी दिएको हो ।

    धौलिगंगाको बाँध खोलिने जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटिय क्षेत्रका नागरिकलाई शतर्क रहन आग्रहसमेत गरेको छ ।

    ‘धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार विहान ५ बजे देखि खोलिने जानकारी आएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको भएको छ,’ बाध खोलिंदा महाँकालीमा पानीको बहाव बढ्ने र त्यसले तटिय क्षेत्रमा जोखिम समेत बढाउन सक्ने भएकाले जोखिममा रहेका नागरिकलाई सचेत रहन आग्रह गरिन्छ ।’

    जिल्ला प्रशासन कार्यालय दार्चुलका अनुसार एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढले असार ३१ गते विहान ५ बजेदेखि ३१ गते बेलुकी ८बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँध खोल्ने जानकारी गराएको छ ।

    जिल्ला प्रशासन कार्यालयले सम्बभावित जोखिममा रहेका जिललाको व्याँस गाउँपालिका–५ धौलाकोट देखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार