Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घट्यो सुनको मूल्य, तोलाको कति ?


    बुधबार, असार २९ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । असार २९ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको  हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ ।
    आज छापवाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन पनि सुन तोलामा २०० रुपैयाँले नै ओरालो लागेको थियो ।हिजो सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज  सुनसँगै चाँदीको भाउमा पनि घटेको छ ।  चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री भएको छ ।

    हिजो (मंगलबार) पनि चाँदीको भाउ सस्तिएको थियो । हिजो चाँदी प्रतितोला १० रुपैयाँले गिरावट भएर एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार