Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनासम्बन्धि सन्देश नेपाल टेलिकमको नम्बरमा


    बिहिबार, चैत्र ६ २०७६
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ६ चैत ।  कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि नेपाल टेलिकमले रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

    नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । सन्देशमा पटकपटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न भनिएको छ । उक्त सन्देश नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा सुन्न सकिने छ । कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश समावेश गरिएको छ । 

    टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

    यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार