Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीले गरिन् तीन देशका लागि राजदूत नियुक्त


    शुक्रबार, असार २४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । 

    सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

    उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । 

    ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

    patra.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार