Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई


    बुधबार, असार २२ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनुपर्ने वा बर्खास्ती गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् । 

    संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाछि छानबिन हुने उनको भनाइ छ ।  

    उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो । अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ । छानबिन समितिले अब उहाँसँग बयान लिन्छ ।’ 

    अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार