Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु


    बुधबार, असार २२ २०७९
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर। वर्षासँगैको चट्याङले उदयपुरमा एक युवककाे ज्यान गएकाे छ । चौदण्डीगढी नगरपालिका-५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएकाे हाे ।

    चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियाे। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

    खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका  थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार