Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा हरियाली


    आइतबार, असार १९ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार साताकाे पहिलाे दिन आइतबार हरियाली छाएकाे छ । आइतबार ५७.६१ अंकको बढोत्तरीका साथ बजारमा हरियाली छाएको हो। योसँगै नेप्से परिसूचक २०८६.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.२२ अंकले बढेर ३९८.८४ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

     बजार जानकार महेश रिजाल आइतबारको बढाइले बजार लगभग सुधारमा फर्किएको भन्न सकिने बताउँछन्। ‘लगानीकर्तामा मौद्रिक नीति केही लचिलो आउन सक्ने र बजार २५०० को विन्दुसम्म पुग्न सक्ने मनोविज्ञानका कारण बजार बढेको देखिन्छ’, उनले भने, ‘केही दिनदेखि भोलुमले पनि साथ दिएको छ।’

    सक्रिय लगानीकर्ता मोनिका थापा बजार जसरी घटेको थियो, त्यसरी नै बढेको बताउँछिन्। ‘खासगरी बजारमा ४–१२ को डरले र अझै सस्तोमा सेयर पाइन्छ भन्ने मनोविज्ञानले बजार घटेको थियो’, उनले भने, ‘तर, आज आएर पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरुले आक्रमक ढंगले खरिद गर्दा बजारमा बढोत्तरी आएको छ।’

    पछिल्लो समय राष्ट्र बैंक पनि दबाबमा परेकोले मौद्रिक नीतिमा केही न केही सकारात्मक नीति आउन सक्ने लगानीकर्ताको मनोविज्ञानले बजार बढेको थापाको तर्क छ। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

    यो दिन व्यापार समूह सर्वाधिक ९.३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.५ प्रतिशत, विकास बैंक समूहमा ३.३८ प्रतिशत, वित्त समूहमा ४.२१ प्रतिशत, निर्जीवन बिमा समूहमा २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.९ प्रतिशत, अन्य समूहमा ४.७५ प्रतिशत, लघुवित्त समूहमा ३.१ प्रतिशत, जीवन बीमा समूहमा १.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा ३.५५ प्रतिशतको बढोत्तरी आएको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार