काठमाडौं । मुस्लिमहरुको संगठन जमियत उलमाए नेपालको बैठकले नेपालमा इस्लामिक सरिया कानून लागू गर्न र भारतसरह मुस्लिम बकफ बोर्ड स्थापनाका साथ साथै हिन्दूहरुद्वारा सोसल मिडियामा गरिंदै आएको धर्म प्रचार समाज जागरणलाई रोक लगाउने लगायतका प्रस्ताव पारित गरेको छ ।
काठमाडौंमा २०७९ असार ११ गते बसेको जमियत उलमाए नेपालको बैठकले अधिकार सम्पन्न मदरसा बोर्डको स्थापना गर्न र मुस्लिम परिवारिक कानुनलाई मान्यता दिन माग गरेको छ । मुस्लिम पारिवारिक कानुन भनेको सरिया कानुन हो, जुन कानुन अनुसार तीन पटक तलाक तलाक तलाक भनेपछि श्रीमतीसँग सम्बन्ध बिच्छेद हुन्छ । भारतमा समेत तीन तलाकलाई कानुन बनाएर दण्डनीय बनाइसकिएको परिप्रेक्ष्यमा नेपालका मुस्लिमहरुले सरिया कानुन लागू गर्न माग गरेका छन् ।

जमियत उलमाए नेपालको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी र राष्ट्रियसभाका सांसद खालिद सिद्दिकी सहभागी थिए ।
पछिल्लो समयमा नेपालमा तीव्र गतिले इस्लामीकरण भइरहेको छ । म्यान्मारबाट भागेका रोहिंग्या शरणार्थीको चाप पनि बढिरहेको छ । म्यानमार हुँदै भारतबाट आउने रोहिंग्यालाई भारतले नेपालमा आउन दिने, तर फर्किन नदिनेगरी नेपाललाई इस्लामी आतंकतिर धकेल्न खोजेको अर्थमा पनि लिन थालिएको छ ।
इस्लामीकरणको अभियानलाई अझ गति दिन काठमाडौंमै जमियत उलमाए नेपालको बैठक सम्पन्न भएको छ । इस्लामीकरणलाई अझ बढाउनका लागि जमियत उलमाए नेपालले ‘मुस्लिम नागरिक अधिकार तथा कर्तव्य’ बिषयमा विभिन्न प्रस्तावहरु पारित गरेको छ । प्रस्तावमा मुस्लिमहरुका लागि इस्लामी औकाफलाई मान्यता दिन माग गरिएको छ । इस्लामी औकाफबाट देश वा कुनै समुदायलाई हानी नोक्सानी नहुने कुरा समेत उल्लेख छ ।
संविधानमा मुस्लिमलाई एउटा क्लस्टरको रुपमा स्वीकारे पनि लोकसेवा आयोगमा विशेष गरी यसको कार्यान्वयन भएको छैन तसर्थ त्यसको लागि कानुन बनाउनुपर्ने उल्लेख छ । देशको सौहार्द र शान्तिलाई भङ्ग गर्न वा खलल पुर्याउने सोसल मिडियामा भइरहेको क्रियाकलाप विरुद्ध कडा कानुनी कारबाही गर्न माग गरिएको छ । हज हाउसका लागि राज्यले जग्गा उपलब्ध गराउनुपर्ने कुरा पनि पारित गरेको छ ।
मदरसा शिक्षा प्राप्त गरेका बिद्यार्थीहरुको प्रमाणपत्रलाई नेपाल सरकारले मान्यता दिनुपर्ने, देशमा इस्लामी विश्वविद्यालय स्थापना गर्नुपर्ने लगायतका प्रस्ताव समेत पारित गरेको उल्लेख छ ।
भेलाबाट पारित प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend