काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टीम सेन्टरबीच (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टीम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई स्टिम सेन्टर बत्तीसपुतली काठमाण्डौँमा प्राप्त हुने सेवाहरु Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ ।
सम्झौता अनुसार बतीसपुतलीमा रहेको स्टीम सेन्टरबाट प्याथोलोजी, रेडियोलोजी, फार्मेसी, डेन्टल र अप्थामोलोजीमा १५% सम्म पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आइएमई जनरलका सीइओ श्रेष्ठले कम्पनीका कर्मचारी र ग्राहकलाई सहुलियत दिन सम्झौता गरेको बताए।