Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


    सोमबार, असार ६ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।  आज कालीमाटीमा तरकारी र फलफूलको भाउ प्रतिकेजी १७ रुपैयाँदेखि ४७५ रुपैयाँसम्म छ ।

    आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महङ्गो किवि र आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँको रहेको छ । 

    हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ८५ रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ र हरियो अकबरे खुर्सानी २७५ रुपैयाँ रहेको छ । 

    त्यस्तै, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, ठूलो नेपाली गोलभेडा ९५ रुखपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी २७ रुपैयाँ ५० पैसा, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, परवर २९ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, पुदीना २७५ रुपैयाँ, तने बोडी ४५ रुपैयाँ र ब्रोकाउली १६५ रुपैयाँ पर्नेछ ।

    यो थोक मूल्य हो । बजारमा उपभोक्ताले यो भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार