काठमाडौं । एमालेका टीके केन्द्रीय सदस्य दुर्गा प्रसाई विवादमा परिरहने पात्र हुन् । शनिबारदेखि उनी अर्को विवादमा परेका छन् । उनलाई संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईका राजकुमार शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले सुनको लौरो उपहार दिएको बिषयले उनी चर्चामा आएका हुन् । मक्तुम दुबईका राजकुमार नभएर राजपरिवारका सदस्यमात्र भएको खुलासा भएको छ ।
वास्तवमा सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति दुवै नक्कली भएको खुलासा भएको छ । मक्तुम दुर्गा प्रसाईंको निम्तोमा नेपाल आएको खुलोको छ । सुनको लौरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी भित्र्याउन सफल भए ? नक्कली राजकुमार सिधै काठमाडौं उत्रिएर ४ असारमा झापा पुगेका थिए ।
झापा विमानस्थलमा उनले ल्याएको भनिएको सुनको लौरो प्रसाईलाई प्रदान गरिएपछि भाइरल भयो । मक्तुमले आज प्रसाईंको अस्पताल बीएण्डसी अस्पतालमा क्यान्सरको अत्याधुनिक मेशिनको उदघाटन समेत गरेका छन् ।