सर्लाही। जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली कांग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् ।
निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् ।
निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन ।
जिल्ला निर्वाचन स्रोतका अनुसार शुक्रवार अपराह्न ५ बजेपछि निर्विरोध निर्वाचित भएका पदाधिकारीको नाम घोषणा गर्ने तयारी छ । उम्मेदवारी दर्ता प्रक्रिया अनुसार सभापतिमा नेपाली कांग्रेसका कौशल किशोर सिङको मात्र उम्मेदवारी परेको छ । बलरा नगरपालिकाको मेयरमा पराजित भएका सिंह माओवादी केन्द्रसँग नै तालमेल गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापतिमा नेपाल कम्युनिस्ट पाार्टी (माओवादी केन्द्र) का जितेन्द्र कुमार महतोको मात्र उम्मेदवारी परेको छ । सदस्य पदमा नेपाली कांग्रेसका जलाउदिन मिया, राम बहादुर बमजन तामाङ र माओवादी केन्द्रका हिम बहादुर कार्की, महिला सदस्य पदमा नेपाली कांग्रेसकी पासपति देवी थरुनी, रामशिला कुमारी यादव र रेखा देवीको मात्र उम्मेदवारी परेको छ ।
यस्तै दलित एवं अल्पसंख्यक सदस्य पदमा नेपाली कांग्रेसकी सोनावती देवी बैठाको उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । २० वटा पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस एक्लैको २३ मत रहेको थियो । कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा १२ पालिमामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो ।
दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले जिल्लामा ४ पालिकामा प्रमुख र ४ पालिकामा उप प्रमुख जितेको छ । भने, संघीय समाजवादीले दुई पालिका तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादीले एक/एक स्थानमा प्रमुख उपप्रमुख जितेका थिए । स्पष्ट बहुमत रहे पनि नेपाली कांग्रेसमा अन्तिम सम्म दुई उम्मेदवारबीच कडा रस्साकस्सी देखियो ।
उम्मेदवारीको अघिल्लो दिन बिहीबार साँझ सम्म कांग्रेसका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका भाइ जगर्नाथ राय र कौशल किशोर सिङ टिकटको कडा दौडधुपमा थिए । अन्ततः प्रदेश कमिटीले सिङलाई टिकट दिएर पठाएको हो । सिंहले शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादीसँगको गठबन्धनसहित उम्मेदवारी दिएका हुन् ।
जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, सदस्य, महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्य गरी ९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । यससँगै सर्लाहीमा गत वैशाखमा सुरुभएको स्थानीय तह निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend