Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत


    बिहिबार, असार २ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला। सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ । 

    सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको  हो । 

    भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो । 

    जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले सिंजा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको निष्कर्ष निकालिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार