Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट वच्ने प्रयास : इरानमा थप १० हजार कैदी रिहा हुने  


    बिहिबार, चैत्र ६ २०७६
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ६ चैत । कोरोना भाइरस रोकथामको  गर्नको लागि इरान सरकारले कैदी जीवन वसेका थप व्यक्तिलाई रिहा गर्ने भएको छ । सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि थप १० हजार जना कैदीलाई रिहा गर्न लागेको  हो । इरान सरकारले गत मंगलबार मात्र झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको त्यहाँको सञ्चारमा माध्यममा उल्लेख गरिएको छ । 

    थप कैदीलाई रिहा गर्नको लागि सबै प्रक्रिया पूरा गरेर शुक्रबारसम्म थप  रिहा हुने समाचारमा उल्लेख छ ।

    कोरोना भाइरसको संक्रमणबाट चीन र इटलीपछि इरान बढी प्रभावित भएको छ । इरानमा हालसम्म १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार