Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको निर्देशनः असारदेखि भदौसम्म सडक खन्‍न नदिनू


    बुधबार, जेष्ठ २५ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बर्षायाममा सडक खन्न रोक लगाएको छ । आर्थिक बर्ष सुरु भएदेखि ११ महिना काम नगर्ने र असारमा बजेट सक्न सडकदेखि विभिन्न विकासका काम गर्ने क्रम बढेपछि सडक विभागले अब असारदेखि भदौसम्म सडक खन्न रोक लगाएको हो । 

     सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्‍न स्वीकृति नदिने भनेको हो ।

    ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्‍ने स्वीकृति नदिइने,’सूचनामा भनिएको छ ।

    कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार