Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तापक्रममा अत्यधिक बृद्धि, स्कुटीको सिटमा डोसा पाक्यो !


    मंगलबार, जेष्ठ २४ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँ दिल्ली ।  गर्मी मौसममा घाममा पार्किङमा राखेको स्कुटी वा मोटरसाइकल चढ्दा तपाइँलाई कस्तो अनुभूति हुन्छ ? निश्चय नै असहज हुन्छ । बस्नुअघि उपलब्ध भए कागज वा कपडा राख्नुहुन्छ । अझै बस्नै नसक्ने तातो भए त पानी छर्कनु हुन्छ होला । तर, तपाईले यस्तो तातोलाई कुनै नयाँ उपयोगमा प्रयोग गर्नु भएको छ त ? 

    अहिले गर्मी मौसम छ । तापमान बढेसँगै भारतमा नयाँ नयाँ जुक्ति लगाउन थालिएको छ । स्कुटीको सिट तातेपछि भारतीय उद्यमी हर्ष गोयन्काले डोसा (दक्षिण भारतको लोकप्रिय खानेकुरा) पकाउन प्रयोग गरेका छन् । डोसा तयार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । करिब ३० हजार पटक हेरिएको भिडियोमा एक व्यक्तिले तमिलमा ‘माभु’ भनेर चिनिने डोसा दिउँसोको समयमा स्कूटरमा गोलाकार आकारमा फैलाएकाे देख्न सकिन्छ । 

    भिडियोको क्याप्सनमा भनिएको छ, ‘गर्मीमा बाहिर ४० डिग्री तापक्रममा पेसेवरहरूले गरेको भेस्पा डोसा ।’  भिडियोमा अलिअलि खैरोे आधा पाकेको जस्तो डोसा देखाइएको छ ।

    आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले क्याप्सनको साथ सेयर गरेको भिडियोमा भनिएको छ, ‘हाम्रो नवीन भावना हेर्नुहोस । यहाँ कोही व्यक्ति  बाहिरको गर्मीको उपयोग गरी डोसा बनाउँदै छ ।’ 

    भिडियो पोस्टमा धेरैले टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले ‘नवीकरणीय ऊर्जाको प्रयोग’ भनेका छन् भने अर्कोले “वाह ! इन्धन र कार्बन फुटप्रिन्टमा बचत । सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न र मूल्य घटाउन मद्दत गर्नुहोस् ।’

    भारतका अधिकांश भागमा तापक्रम बढेको छ । दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ । पूर्वी भारतमा १५ जुनसम्म मनसुन सुरु भइसक्ने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार