Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अत्यावश्यक काम बेगर घरबाहिर ननिस्कन आग्रह


    बुधबार, चैत्र ५ २०७६
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ५ चैत । आगामी अप्रिल ३० सम्मको लागि सिनेमा हल, जिमखाना, सांस्कृतिक केन्द्र, रंगशाला तथा खेल स्थान बन्द गर्नको लागि रक्षामन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित  संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्णय गरेको छ । चीनबाट भाइरलको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि समितिले उक्त निर्णय लिएको हो । 

    समितिले बनाएको उक्त निर्णय कायान्यवन भएको वा नभएको अनुगमान गर्ने जिम्मा गृह मन्त्रालय, संस्कृति पर्यटन तथा उड्डान मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयले पाएको छ । 

    आज गठित समितिले आठ वटा निणर्य सार्वजनिक गरेको छ । जसमा  अत्यावश्यक कामबाहेक आवतजावत नगर्न, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढि मानिस जम्मा नगर्न आदेश दिएको छ । 

    पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।
    समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।
     

    मानिसहरु जम्मा हुने स्थानमा स्थानीय सरकारलाई समयसमयमा सफा गर्न, सवारी साधन धनीले दैनिक रुपमा अनुगमन गर्न, दैनिक उपभोग्य सामग्रीमा कृत्रिम अभाव नगर्नलगायतको निर्णय समितिले गरेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार