Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आलिताल गाउँपालिका कार्यालयमा आगलागी


    शुक्रबार, जेष्ठ २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ। शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको हो।

    आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत आगलागीका कारण जलेको छ। बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ।  

    पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए। उनले भने, ‘पालिकामा बिहान आगलागी भएको हो। हाम्रो परिवार पालिकाको क्यान्टिनमै बस्दै आएको छ। आगलागी भएको थाहा पाउनेबित्तिकै निभाउन तिर लागेँ। र, थप क्षति हुन पाएन् ।’

    आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार