Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडी खेल्ने क्रममा एक जनाको मृत्यु


    बिहिबार, जेष्ठ १९ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ।

    उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा तीन सय मिटर पूर्व दक्षिणस्थित सोही त्रियुगा खोलामा खत्री मृत फेला परेका हुन् ।

    मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी बेल्टभर लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार