Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिसस ललितपुरको प्रमुखमा कांग्रेसका फुयाँल र उपप्रमुखमा माओवादीका थिङ निर्विरोध निर्वाचित


    बिहिबार, जेष्ठ १९ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको सोमबारको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ । 

    गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ ।

    तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन । 

    उम्मेदवारी नपरेपछि कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमेत रहेका महाँकाल गाउँपालिका वडा नम्बर – ३ बाट सदस्य पदमा निर्वाचित भएका ऋषिदेव फुयाँल प्रमुमा निर्विरोध निर्वाचित भएका ।

    उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भए । 

    खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन् ।

    अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।

    निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई बिहीबार (आज) जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र शपथ ग्रहण गराउने भएको छ ।

    ३० वैशाखमा भएको निर्वाचनबाट चार वटा पालिकामा प्रमुख, तीन वटा पालिकामा उपप्रमुख र ७१ वडामध्ये ३८ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । सोही अनुसार कांग्रेसले तालमेलको क्रममा प्रमुख पद पाएको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार