Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच जना मृत अवस्थामा फेला


    बुधबार, जेष्ठ १८ २०७९
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं, जाजरकोट, सिरहा, सुर्खेत र मोरङमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

    काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक खहरे डेरा गरी बस्ने ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

    जाजरकोटको शिवलय गाउँपालिका–६ पानीमुला बस्ने २७ वर्षीया दुर्गा वुढा (शाही) सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

    बिहीबार दिउँसोदेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो । 

    सिरहाको लहान नगरपालिका–७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र पलङमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

    सुर्खेतको सिम्ता गाउँपालिका–६ राकम नजिक रहेको फेरीको लहरामा सल्यान बनगार्ड कुपिण्डेदह नगरपालिका–३ बस्ने ४५ वर्षीया पार्वती कामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।  

    मोरङको विराटनगर महानगरपालिका–१२ आईतबारे नहरचोक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार