Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईजीपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा


    मंगलबार, जेष्ठ १७ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । आईजीपी नियुक्तिबिरुद्वको रिटको सुनुवाई न्यायाधीशद्वय बिश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासबाट सुनुवाइ हुने भएको छ ।

    वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा परेको मुद्दामा आज पूर्ण सुनुवाइ हुने भएकाे हाे ।

    १८ मा मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

    पोखरेलको रिटमा  प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण ​सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । 

    सर्वोच्च अदालतले धीरज प्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार