Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तारा एयर विमान दुर्घटना अपडेट: १६ जनाको शव भेटियो, पहिचान हुन सकेन


    सोमबार, जेष्ठ १६ २०७९
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

    आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । 

    फेला परेका शवको पहिचान गर्न नसकिने अवस्थामा छन् । संकलन गरिएका शवलाई काठमाडौं ल्याइनेछ । पोस्टमार्टमपश्चात परिवारलाई बुझाइनेछ । मौसम खराबीका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए । 

    आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबारे बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो । सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार